मीकाको पुस्तक 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिनीहरूलाई धिक्कार, जसले अधर्मको योजना बनाउँछन्, र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्ट षड्यन्त्र रच्दछन्! बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; किनकि तिनीहरूमा त्यो दुष्ट काम पूरा गर्ने सामर्थ्य छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 धिक्कार तिनीहरूलाई, जसले अधर्मको युक्ति निकाल्छन्, जो आफ्ना ओछ्यानमा ढल्केर खराब षड्यन्त्र रच्दछन्। बिहान उज्यालो हुने बित्तिकै त्यो काम तिनीहरू गरिहाल्दछन्, किनभने त्यो गर्ने सामर्थ्य तिनीहरूसँग छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 राती जागा रही दुष्ट जुक्ति गर्नेहरूको निम्ति कति डरलाग्दो समय हुनेछ। बिहान भएपछि मौका पाउनेबित्तिकै तिनीहरूले आफ्ना दुष्ट जुक्तिअनुसार काम गर्छन्। Viz kapitolaपवित्र बाइबल1 मानिसहरूमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरू बनाउँछन्। यस्ता मानिसहरू ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिँड्न थाल्दछन्। त्यसो गर्ने सामर्थ तिनीहरूसँग छ। Viz kapitola |