मीकाको पुस्तक 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 आफ्ना प्यारा छोराछोरीहरू, जससँग तिमीहरू रमाउँछौ, तिनीहरूको शोकमा आफ्नो केश खौर; तिमीहरूले आफूलाई तालु खुइले गिद्धजस्तै बनाओ; किनकि तिनीहरूलाई तिमीहरूदेखि टाढा निर्वासनमा लगिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 आफ्ना प्यारा बालकहरूका निम्ति तिमीहरूको केश शोकमा मुण्डन गर। सबै कपाल मुड़ाएर गिद्धको झैँ बनाओ, किनकि तिमीहरूका बालकहरू तिमीहरूबाट निर्वासनमा लगिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यहूदाका मानिसहरू हो! तिमीहरूले माया गरेका छोरा-छोरीहरूका निम्ति शोक मनाउँदै आफ्नो केश खौराओ। आफैंलाई गिद्धझैँ तालुखुइले बनाओ किनभने तिम्रा बालबालिकाहरूलाई कैद गरी तिमीहरूदेखि टाढा लगिनेछ। Viz kapitolaपवित्र बाइबल16 यसकारण तिमीले आफ्नो केश काट, चिण्डे होऊ। किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरूका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किनकि तिम्रो नानीहरूलाई कैदी झैं लगिनेछ। Viz kapitola |