मत्ती 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 “म त तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर उहाँ, जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “मचाहिँ त तिमीहरूलाई पश्चात्तापको लागि पानीले बप्तिस्मा दिन्छु, तर मपछि आउनुहुने मभन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “साँच्चै, तिमीहरूले आ-आफ्नो पाप मानिलिएर त्यसलाई छोड्न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्तिस्मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्छ। म त उहाँको जुत्ता बोक्ने लायकको पनि छैनँ। Viz kapitolaपवित्र बाइबल11 “म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिस्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। Viz kapitola |