मत्ती 28:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकाहरूबाट जीवित भई उठ्नुभएको छ। अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ, र उहाँ तिमीहरूभन्दा अगाडि गालीलमा जाँदैहुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि छिटो गएर उहाँका चेलाहरूलाई ‘प्रभु त मरेकोबाट बिउँतनुभएको छ। उहाँ तिमीहरूभन्दा अघि नै गालीलमा जाँदै हुनुहुन्छ, त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ’ भनेर खबर देओ! अब जाओ, मैले यति नै भन्नु छ।” Viz kapitolaपवित्र बाइबल7 अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, ‘येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।’” फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।” Viz kapitola |