मत्ती 27:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 काँडाको मुकुट बनाएर उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातले निगालो लिन लगाएर उहाँको अगाडि झुकेर गिल्ला गर्दै भने, “यहूदीहरूका राजाको जय होस्!” Viz kapitolaपवित्र बाइबल29 तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहूदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।” Viz kapitola |