मत्ती 27:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्ट भोगेकी छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब न्याय-आसनमा बसिरहेको बेला तिनकी पत्नीले यसो भनी खबर पठाइन्, “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पिलातस न्याय आसनमा बसेका थिए। त्यसै बेला उनकी स्वास्नीले उनलाई यसो भनेर खबर पठाइन्, “ती धर्मात्मा मानिसलाई केही पनि नगर्नुहोला किनभने आज राती मैले उनको बारेमा सपना देखेर धेरै दु:ख पाएकी छु।” Viz kapitolaपवित्र बाइबल19 पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।” Viz kapitola |