मत्ती 24:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो कुरा विश्वास नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनी भन्छन् भने बाहिर निस्केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्वास नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 मानिसहरूले तिमीहरूलाई ‘उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भने पनि तिमीहरू त्यहाँ नजाओ। तिनीहरूले ‘हेर, उहाँ त भित्र कोठामा बस्नुभएको छ’ भने पनि तिमीहरू त्यो कुरा नपत्याओ Viz kapitolaपवित्र बाइबल26 “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर। Viz kapitola |