Online Bible

- Reklamy -




मत्ती 23:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्‍ता छौ, जो बाहिरपट्टि सुन्‍दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्‍छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू कति कपटी छौ। तिमीहरू त कमेरोले पोतेको चिहानजस्‍तै छौ। त्‍यो चिहान बाहिरबाट हेर्दा त राम्रो देखिन्‍छ, तर भित्रपट्टि भने मुर्दा कुहेको हाड र अशुद्ध कुरा मात्र रहेको हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्।

Viz kapitola kopírovat




मत्ती 23:27

Následuj nás:

Reklamy


Reklamy