मत्ती 23:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ए दृष्टिविहीन अगुवाहरू हो, तिमीहरूलाई धिक्कार छ! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यस शपथले त्यो बाँधिनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “धिक्कार तिमीहरूलाई, अन्धा अगुवा हो, जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरका सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “ए अन्धा अगुवाहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरूले ‘मन्दिर छोएर शपथ खाँदा केही हुँदैन, तर मन्दिरको सुन छोएर शपथ खाँदाचाहिँ शपथ लाग्छ’ भनेर सिकाउँछौ। Viz kapitolaपवित्र बाइबल16 “यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’ Viz kapitola |