मत्ती 21:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?” येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ: “ ‘केटाकेटीहरू र शिशुहरूका ओठबाट प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ?’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 र तिनीहरूले उहाँलाई भने, “सुन्दैछौ, यिनीहरूले के भनिरहेका छन्?” तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले येशूलाई भने, “यी केटा-केटीहरूले के भनिरहेका छन्, तपाईंले सुन्नुहुन्न?” “सुन्दै छु, तर ‘हे प्रभु, केटा-केटी र बालकहरूलाई समेत तपाईंले प्रशंसा गर्न लगाउनुभएको छ’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा के तिमीहरूले पढेका छैनौ?” येशूले जवाफ दिनुभयो। Viz kapitolaपवित्र बाइबल16 मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?” येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’” Viz kapitola |