मत्ती 21:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 येशू पवित्र मन्दिरमा जानुभयो अनि त्यहाँ किनबेच गरेर बस्नेहरू सबैलाई मन्दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबिलहरू घोप्ट्याइदिनुभयो र परेवा बेच्नेहरूका बस्ने आसनहरू पल्टाइदिनुभयो। Viz kapitolaपवित्र बाइबल12 येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो। Viz kapitola |