मत्ती 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अड़ियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हेरोद राजाले भनेको मानेर ती ज्योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्यही तारालाई फेरि देखे। त्यो तारा तिनीहरूको अघि-अघि लाग्यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्क अडियो। Viz kapitolaपवित्र बाइबल9 राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो। Viz kapitola |