मत्ती 19:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा विराजमान हुनेछ; तिमीहरू पनि जसले उसलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्र वटा सिंहासनहरूमा बस्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मानव पुत्र त्यस नयाँ राज्यमा आफ्नो जगमगाउँदो राजसिंहासनमा बस्नेछ। त्यस बेला मलाई पछ्याउने तिमीहरू पनि आफ्ना बाह्रवटा सिंहासनमा बस्नेछौ र इस्राएलका बाह्र कुलको न्याय गर्नेछौ। Viz kapitolaपवित्र बाइबल28 येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ। Viz kapitola |