मत्ती 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्त आगोमा फालिनुभन्दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पापमा पार्छ भने त्यसलाई काटेर मिल्काइदेओ। दुवै हात-खुट्टा लिएर कहिल्यै ननिभ्ने आगोमा पर्नुभन्दा त बरु डुँडे र खोरण्डो भएर अजम्मरी जीवन पाउनु नै बेस हो। Viz kapitolaपवित्र बाइबल8 “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो। Viz kapitola |