मत्ती 18:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्ने हुकुम दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका पत्नी र छोरा-छोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर त्यो मानिससँग ऋण तिर्न पुग्ने पैसा थिएन। यसकारण ती राजाले ‘त्यसलाई भएभरको जेथा, स्वास्नी, छोरा-छोरी र आफैंलाई समेत बेचेर ऋण चुक्ता गर’ भन्ने हुकुम दिए। Viz kapitolaपवित्र बाइबल25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे। Viz kapitola |