मत्ती 17:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्वासको कमी छ। तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूले भन्नुभयो, “तिमीहरूको विश्वास कम भएकोले गर्दा हो। साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्नेछौ। Viz kapitolaपवित्र बाइबल20 येशूले जवाफ दिनुभयो, “तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो।’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।” Viz kapitola |