मत्ती 15:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्क परे; अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यहाँसम्म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे, र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 लाटाहरू फटाफट बोल्न थाले, कुँजाहरू चल्ने भए, लङ्गडाहरू हिँड्न थाले र अन्धाहरू देख्ने भए। यो देखेर मानिसहरू छक्कै परे अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल31 लाटाहरू बोल्न सक्ने भए लुलाहरू बलिया भए हिँड्न नसक्नेहरू फेरि हिँड्न सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इस्राएलका परमेश्वरलाई धन्यवाद चढाए। Viz kapitola |