मत्ती 14:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 येशू नाउबाट ओर्लनुहुँदा त मानिसको ठूलो धुइरोले आफूलाई पर्खिरहेको देख्नुभयो। त्यो धुइरोलाई देखेर उहाँको हृदय मायाले भरिएर आयो अनि उहाँले त्यहाँ भएका बिरामीहरूलाई निको पार्नुभयो। Viz kapitolaपवित्र बाइबल14 जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो। Viz kapitola |