Online Bible

- Reklamy -




मत्ती 12:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, र ती सबै भित्र गएर त्यहीँ बस्छन्। अनि त्यो मानिसको पछिल्‍लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। यस दुष्‍ट पुस्तालाई पनि यस्तै हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 तब त्‍यो जान्‍छ र आफूभन्‍दा बढ़ी दुष्‍ट अरू सात वटा भूतात्‍मा आफूसँग ल्‍याउँछ, र भित्र पसेर तिनीहरू त्‍यहाँ वास गर्छन्, र त्‍यस मानिसको पछिल्‍लो दशा अघिल्‍लोभन्‍दा अझ नराम्रो हुन्‍छ। यस दुष्‍ट पुस्‍तालाई पनि त्‍यस्‍तै हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 यो देखी त्‍यसले गएर सातवटा आफूभन्दा अझ दुष्‍ट भूतहरूलाई डाकेर ल्‍याउँछ र ती सबै त्‍यसभित्र पसेर बसोबास गर्छन्। त्‍यो मानिसको पहिलेको भन्दा पछिल्‍लो दशा झन् नराम्रो हुन्‍छ। हिजो-आजका दुष्‍ट मानिसहरूको दशा पनि त्‍यस्‍तै हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

45 त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”

Viz kapitola kopírovat




मत्ती 12:45

Následuj nás:

Reklamy


Reklamy