मत्ती 12:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “आपसमा फूट परेको हरेक राज्य उजाड पारिनेछ, र हरेक सहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्यो भने टिक्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनीहरूले यस्तो विचार गरेको बुझेर येशूले तिनीहरूलाई भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो देश आफैं नाश हुन्छ। त्यसै गरी कुनै सहर वा घरानामा फुट भएर मारकाट चल्यो भने त्यो पनि नाश हुन्छ। Viz kapitolaपवित्र बाइबल25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। Viz kapitola |