Online Bible

- Reklamy -




मलाकीको पुस्तक 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेह इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, “यदि कसैले पत्नीलाई घृणा गरेर सम्बन्ध-विच्छेद गर्छ र आफूले सुरक्षा दिनुको साटो हिंसा गर्छ भने म त्यसलाई घृणा गर्छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र विश्‍वासघात नगर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “सम्‍बन्‍धविच्‍छेदको कुरालाई म घृणा गर्दछु,” परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ। “मानिसले आफैलाई आफ्‍नो वस्‍त्रलेझैँ अत्‍याचारले ढाक्‍ने कामलाई पनि म घृणा गर्दछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। यसैले आफूलाई आत्‍मामा स्‍वयम्‌ रक्षा गर, र विश्‍वास भङ्ग नगर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “स्‍वास्‍नी त्‍याग्‍ने कामलाई म घृणा गर्दछु,” इस्राएलका परमेश्‍वर परमप्रभु भन्‍नुहुन्‍छ, “जब तिमीहरूमध्‍ये कसैले यस्‍ता निर्दयी काम आफ्‍नी स्‍वास्‍नीप्रति गर्दछ, म त्‍यो घृणा गर्दछु। सचेत रहो कि तिमीहरूले आफ्‍ना स्‍वास्‍नीसित विश्‍वासयोग्‍य रहनेछौं भनी गरेको प्रतिज्ञा भङ्ग नहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमप्रभु इस्रएलका परमेश्वर भन्नुहुन्छ, “म बिवाह बिच्छेद घृणा गर्छु। म पुरूषहरूको क्रुर कामहरू घृणा गर्छु। यसकारण अफ्नो आत्मीक एकताको रक्षा गर। आफ्नो पत्नीलाई धोका नदेऊ।”

Viz kapitola kopírovat




मलाकीको पुस्तक 2:16

Následuj nás:

Reklamy


Reklamy