मलाकीको पुस्तक 1:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 सूर्योदयदेखि सूर्यास्तसम्म मेरो नाम राष्ट्रहरूका बीचमा महान् हुनेछ। हरेक ठाउँमा मेरो नाममा धूप र शुद्ध बलिहरू चढाइनेछन्; किनकि राष्ट्रहरूका बीचमा मेरो नाम महान् हुनेछ,” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “सूर्योदयदेखि सूर्यास्तसम्म जाति-जातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ। हरेक ठाउँमा मेरै नाउँमा धूप र शुद्ध भेटी ल्याइनेछन्, किनकि जाति-जातिहरूका बीचमा मेरो नाउँ महान् हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पृथ्वीभरिका एक छेउबाट अर्को छेउसम्मका मानिसहरूले मलाई आदर गर्छन्। हरेक ठाउँमा तिनीहरूले मलाई धूप बाल्छन् र उचित बलिहरू चढाउँछन्। तिनीहरू सबैले मेरो आदर गर्छन्! Viz kapitolaपवित्र बाइबल11 “सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूप बाल्छन्। किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो। Viz kapitola |