लूकाको सुसमाचार 6:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 तर जसले सुन्छ र पनि त्यसअनुसार गर्दैन, त्यो एक जना यस्तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो, र त्यस घरको ठूलो सर्वनाश भयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 तर मेरो कुरा सुनेर नमान्नेचाहिँ जग नहाली घर बनाउने मानिसजस्तै हुन्छ। बाढी आउँदा त्यसको घर ढलेर भताभुङ्गै भयो।” Viz kapitolaपवित्र बाइबल49 “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोंक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।” Viz kapitola |