लूकाको सुसमाचार 5:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। केही धर्म-गुरुहरू र फरिसीहरू पनि उहाँको छेउमा बसिरहेका थिए। तिनीहरूचाहिँ गालील र यहूदिया क्षेत्रका सबै गाउँहरूबाट अनि यरूशलेम सहरबाट पनि आएका थिए। येशूसँग बिरामीहरूलाई निको पार्ने प्रभु परमेश्वरको शक्ति थियो। Viz kapitolaपवित्र बाइबल17 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो। Viz kapitola |