लूकाको सुसमाचार 4:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनीहरू खडा भए, र उहाँलाई सहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका सहर बनाइएको थियो, त्यसैको भिरबाट खसालिदिन टाकुरामा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 जर्याक-जुरुक उठेर तिनीहरूले येशूलाई घिस्स्याउँदै सहरदेखि बाहिर निकाले। तिनीहरूको यो सहर डाँडामा पर्दथ्यो र तिनीहरूले उहाँलाई भीरको टुप्पाबाट फाल्न खोजे। Viz kapitolaपवित्र बाइबल29 मानिसहरू उठे अनि येशूलाई शहर छाड्न वाध्य गराए। तिनीहरूको शहर एउटा टाकुरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुर्याए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे। Viz kapitola |