लूकाको सुसमाचार 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 कैसर तिबेरिअसका शासनकालको पन्ध्रौँ वर्षमा पन्तियस पिलातस यहूदियाका हाकिम थिए। त्यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 रोमी महाराजा तिबेरिअसले राज्य गरेको पन्ध्र वर्ष भएको थियो। त्यस बेला पन्तियस पिलातस यहूदिया क्षेत्रका रोमी बडा-हाकिम थिए। रोमी महाराजाका अधीनमा हेरोदले गालील क्षेत्रमा राज्य गर्थे र तिनका भाइ फिलिपले इतुरिया र त्राखोनितिस क्षेत्रमा राज्य गर्थे। अबिलेने क्षेत्रमा लुसानियास भन्ने व्यक्तिले राज्य गर्थे। Viz kapitolaपवित्र बाइबल1 सिजर तिबेरियसको पन्ध्रौं वर्षमा: पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए; अनि हेरोद गालीलका शासक थिए; तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास, अबलेनका शासक थिए। Viz kapitola |