लूकाको सुसमाचार 22:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 उहाँ बोलिरहनुभएकै बेला एउटा भीड त्यहाँ आयो। अनि बाह्र जनामध्ये यहूदा भनिनेले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। तब येशूलाई चुम्बन गर्न त्यो अगि बढ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 उहाँ बोल्दाबोल्दै, एउटा भीड त्यहाँ आइपुग्यो। बाह्र चेलामध्ये एक जना यहूदा भन्नेचाहिँ तिनीहरूका अगिअगि आयो। येशूलाई चुम्बन गर्नलाई त्यो उहाँको नजिकै गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 येशूले यो कुरा भन्दाभन्दै एक हुल मानिसहरू त्यहाँ आइपुगे। बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ ती मानिसहरूका अगुवा भई येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो। Viz kapitolaपवित्र बाइबल47 जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाइ म्वाई खान आयो। Viz kapitola |