लूकाको सुसमाचार 20:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि व्यवस्थाका शिक्षकहरू र मुख्य पुजारीहरूले उहाँलाई तुरुन्तै पक्रने उपाय खोज्न थाले; किनकि उहाँले यो दृष्टान्त तिनीहरूका विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूलाई थाहा थियो। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब शास्त्रीहरू र मुख्य पूजाहारीहरूले त्यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 धर्म-गुरु र मुख्य पूजाहारीहरूले यी कुरा उनीहरूकै विरोधमा भनेको हो भन्ने बुझेर येशूलाई पक्रने विचार गरे, तर तिनीहरूलाई मानिसहरूको डर भयो। Viz kapitolaपवित्र बाइबल19 येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसँग डराए। Viz kapitola |