लूकाको सुसमाचार 19:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैँले तँभित्र हुनुभएको परमेश्वरको आगमनको समयलाई चिनिनस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्वरको कृपा-दृष्टिको समयलाई चिन्न सकिनस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 र तँ अनि तेरा बालकहरूलाई नाश गर्नेछन्। तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी राख्नेछैनन् किनभने परमेश्वरले तँलाई बचाउन आएको समयलाई तैँले चिन्दै चिनिनस्।” Viz kapitolaपवित्र बाइबल44 तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्ना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।” Viz kapitola |