Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्‍ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो, होइन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “तिनले त्‍यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्‍साफ गर्नेछु, ए दुष्‍ट नोकर! जे राखिनँ त्‍यो लिने, र जे छरिनँ त्‍यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 राजाले त्‍यसलाई भने, ‘ए बदमाश नोकर, तेरै मुखको बोलीले म तँलाई दोषी ठहराउँछु। म कठोर मानिस छु, आफूले लगानी नगरेको ठाउँबाट नाफा खोज्‍ने र आफूले नलगाएको बाली काटेर लिने भनेर तँलाई थाहै रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 “त्यसपछि राजाले त्यो नोकरलाई भने, ‘तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:22

Následuj nás:

Reklamy


Reklamy