लूकाको सुसमाचार 17:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्न सक्छौ, र यसले तिम्रो आज्ञा मान्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 प्रभुले भन्नुभयो, “तिमीहरूमा रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यस किम्बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने, त्यसले मान्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 येशूले जवाफ दिनुभयो, “तिमीहरूसँग रायोको एउटा दाना जत्रै विश्वास छ भने यस किम्बुको बोटलाई ‘उखेलिएर तँ समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले मान्नेछ। Viz kapitolaपवित्र बाइबल6 प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, ‘तँ आफैं उखेलिएर समुद्रमा रोपिन जा!’ अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ। Viz kapitola |