लूकाको सुसमाचार 14:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्तिलाई भन्नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, दाजुभाइ, आफन्तहरू, वा आफ्ना धनी छिमेकीलाई निम्तो नदेऊ। यदि त्यसो गर्यौ भने तिनीहरूले पनि त्यसको साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 येशूले आफूलाई निम्त्याउने अगुवालाई भन्नुभयो, “भोज लाउँदा तिमीले खालि आफन्त, दाजुभाइ, इष्टमित्र अनि धनी छरछिमेकीहरूलाई मात्र ननिम्त्याऊ। तिनीहरूले पैंचो तिर्न तिमीलाई पनि बोलाइहाल्छन्। Viz kapitolaपवित्र बाइबल12 त्यसपछि येशूले तिनलाई निम्त्याउने फरिसीहरूलाई भन्नुभयो, “जब कुनै दिन तिमीहरूले बिहान वा बेलुकीको भोजन गराउन इच्छा गर्छौ त्यसबेला केवल आफ्ना साथीहरू, दाज्यू-भाइहरू, आफन्तहरू र धनी छिमेकीहरूलाई मात्र नबोलाउ। बद्लामा तिनीहरूले पनि तिमीहरूलाई खाना खान निम्तो दिन्छन् अनि तिम्रो इनाम पाइहाल्नेछौ। Viz kapitola |