लूकाको सुसमाचार 13:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 येशूले शब्बाथमा निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ती स्त्रीलाई विश्रामको दिनमा निको पारेको देखेर सभाघरको शासक रिसाए। तिनले मानिसहरूलाई भने, “काम गर्न साताका छ दिन छँदैछ! विश्रामको दिनमा निको हुन किन आउँछौ? के यो दिनबाहेक अरू दिन छैन र?” Viz kapitolaपवित्र बाइबल14 विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसँग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।” Viz kapitola |