लूकाको सुसमाचार 11:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए। तर हेर, योनाभन्दा महान् एक जना यहाँ छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 निनवेका मानिसहरूले न्यायमा यस पुस्तासँग खड़ा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, र हेर, यहाँ एक जना छ, जो योनाभन्दा महान् छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर अहिलेका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापलाई मानेर छोडे। तर हेर, योनाभन्दा पनि ठूलो एक जना यहाँ छ। Viz kapitolaपवित्र बाइबल32 “न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हुँ। Viz kapitola |