लेवीहरू 23:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 पूजाहारीले परमप्रभुको सामु, अगौटे फलको रोटीसँगसँगै डोलाइने बलिको निम्ति दुई वटा थुमा डोलाऊन्। पूजाहारीको हिस्सा हुनलाई त्यो परमप्रभुको निम्ति पवित्र बलि होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 पूजाहारीले रोटी र दुईवटा थुमा पूजाहारीहरूको निम्ति परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्। यी भेटीहरू पवित्र हुन्। Viz kapitolaपवित्र बाइबल20 “पूजाहारीले रोटीले तिनीहरूलाई परमप्रभुको अघि दुइवटा थुमाहरूसित डोलाउने तिनीहरू परमप्रभुको निम्ति पवित्र हुन्छ र ती सबै पूजाहारीको हुनेछ। Viz kapitola |