लेवीहरू 13:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 पुजारीले त्यस घाउलाई जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिन्छ, र त्यसमा भएका रौँहरू पहेँला र पातला छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो टाउको तथा चिउँडोको लुतो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 पूजाहारीले त्यो घाउ जाँच गरून्, र त्यो छालाभन्दा गहिरो देखियो र त्यसमा भएको रौँ मसिनो र पहेँलो छ भने, पूजाहारीले त्यसलाई अशुद्ध ठहराऊन्। त्योचाहिँ चिलाउने व्यथा, अर्थात् कपाल वा चिउँड़ोको सरुवा रोग हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 पूजाहारीले त्यसलाई जाँच्नेछ। यदि त्यो चारैतिरका छालाभन्दा गहिरो देखिन्छ र त्यसका रौँहरू पहेँला-पहेँला र पातला छन् भने त्यो डरलाग्दो छालाको रोग हो अनि पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस्। Viz kapitolaपवित्र बाइबल30 अनि पूजाहारीले घाउ हानिकारक भएको घोषणा गर्नु पर्छ। Viz kapitola |