लेवीहरू 11:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 जब तीमध्ये कुनै एउटा मर्छ, र कुनै चीजमाथि खस्छ भने त्यो चीज जुनसुकै काममा प्रयोग हुने भए तापनि चाहे त्यो काठबाट बनिएको होस्, अथवा लुगा, छाला अथवा भाङ्ग्रा होस्, त्यो अशुद्ध हुनेछ। त्यसलाई पानीमा हाल्नू। त्यो साँझसम्म अशुद्ध रहनेछ; त्यसपछि त्यो शुद्ध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 यीमध्ये मरेको कुनै एउटा केही कुरामा पर्यो भने, त्यो थोक अशुद्ध हुन्छ, चाहे काठको थोक होस्, अथवा लुगा, छाला, भाङ्ग्रो, वा जुनसुकै कामको भाँड़ा होस्। त्यो पानीमा चोपल्नुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ, त्यसपछि मात्रै त्यो चोखो हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनका सिनु केही कुरामा पर्यो भने त्यो पनि अशुद्ध हुनेछ। त्यसरी छोएको कुनै पनि काममा चलाइने काठ, कपडा, छाला वा भाङ्ग्रो वा भाङ्ग्राको वस्त्र अशुद्ध हुनेछ। त्यसलाई पानीमा चोप्नू तर त्यो साँझसम्म अशुद्ध रहनेछ। Viz kapitolaपवित्र बाइबल32 “अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा), अथवा कुनै काम आउने भाँडो किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ। Viz kapitola |