विलाप 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 प्रभु शत्रुजस्तै बन्नुभएको छ; उहाँले इस्राएललाई निल्नुभएको छ। उहाँले यरूशलेमका सबै महलहरू नष्ट गर्नुभएको छ; अनि त्यसका किल्लाहरू भत्काइदिनुभएको छ। यहूदाका छोरीको निम्ति उहाँले शोक र विलाप बढाइदिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु शत्रुझैँ हुनुभएको छ, उहाँले इस्राएललाई नष्ट गर्नुभयो। उहाँले इस्राएलका सबै महलहरू नाश गर्नुभयो, त्यसका सबै किल्लाहरू भत्काइदिनुभयो। उहाँले यहूदाकी छोरीको शोक र विलाप बढ़ाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 शत्रुलाई झैँ प्रभुले इस्राएललाई नाश गर्नुभएको छ; उहाँले इस्राएलका किल्लाहरू भत्काइदिनुभएको छ, र महलहरू भताभुङ्ग पार्नुभएको छ। उहाँले यहूदाका मानिसहरूमाथि अटुट दु:ख ल्याइदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल5 परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दु:खी र मृत्युमा रूने बनाउनु भयो। Viz kapitola |