विलाप 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 “बुढापाका र जवानहरू सडकको धुलोमा एकसाथ लडिरहेका छन्; मेरा जवान केटा र केटीहरू शत्रुका तरवारले मारिएका छन्। तपाईंको क्रोधको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ; तपाईंले तिनीहरूलाई नटिठ्याई मार्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “गल्ली-गल्लीका धूलामा बूढ़ा र जवानहरू सोतर पर्छन्। मेरा कुमारीहरू र जवान मानिसहरू तरवारले ढालिएका छन्। आफ्नो रीसको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ, नटिठ्याईकनै मार्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 युवा र बुढाहरूका लाशहरू गल्ली-गल्लीहरूमा त्यसै परिरहेका छन्; युवक र युवतीहरू शत्रुका तरवारले मरेका छन्। आफ्नो रिसको दिनमा तपाईंले तिनीहरूलाई दया-माया नगरीकनै मार्नुभएको छ। Viz kapitolaपवित्र बाइबल21 गल्लीहरूमा जवानहरू, र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो, तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो। Viz kapitola |