विलाप 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 प्रभुले याकोबका सबै वासस्थानहरूलाई दया नदेखाई नष्ट पार्नुभयो; उहाँले आफ्नो रिसमा यहूदाका छोरीका बलिया किल्लाहरू ध्वस्त गर्नुभयो। उहाँले त्यसको राज्य र त्यसका राजकुमारलाई भुइँको धुलोसँग मिलाएर अपमानित तुल्याउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 याकूबका सबै वासस्थानहरूलाई परमप्रभुले कत्ति पनि नटिठ्याएर नाश गर्नुभयो। आफ्नो क्रोधमा उहाँले यहूदाकी छोरीका किल्लाहरू भत्काइदिनुभयो। त्यो राज्य र त्यसका राजकुमारहरूलाई उहाँले भूइँमा ढालेर अपमानित तुल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 प्रभुले कति पनि नटिठ्याएर यहूदाको प्रत्येक गाउँलाई नाश गर्नुभयो। ती देशका बलिया किल्लाहरू भताभुङ्ग पारिदिनुभयो। उहाँले त्यो राज्य र त्यसका शासकहरूलाई अपमानित तुल्याइदिनुभयो। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले याकूबको घर भत्काउनु भयो। उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो। रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो। परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो। Viz kapitola |