यहूदाको पत्र 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि धेरै अगिदेखि दण्डको भागीदार छन् भनी लेखिएका कतिपय मानिसहरू तिमीहरूका बीचमा गुप्त रूपले पसिसकेका छन्। तिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई दुष्ट आचरणको अनुमतिपत्रको रूपमा बदल्छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 कोही-कोही पहिले नै दोषी ठहरिएका मानिसहरू तिमीहरूका बीचमा सुटुक्क पसेका छन्। तिनीहरूले परमेश्वरलाई नै मान्दैनन्। परमेश्वरले दिनुभएको अनुग्रहलाई नराम्रो काम गर्ने हतियार बनाएका छन् अनि येशू ख्रीष्टलाई एक मात्र प्रभु र मालिक हुनुहुन्छ भनेर पनि मान्दैनन्। Viz kapitolaपवित्र बाइबल4 कोही मानिसहरू तिमीहरूको समूहमा सुटुक्क पसेका छन्। तिनीहरूले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरूले तिनीहरूको विषयमा लेखेका थिए। तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। तिनीहरूले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरू हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्। Viz kapitola |