यहोशूको पुस्तक 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्वीबाट हाम्रो नाउँ मेटिदिनेछन्। त्यसपछि तपाईंको महान् नाउँको खातिरमा तपाईं के गर्नुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्यसपछि आफ्नो इज्जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?” Viz kapitolaपवित्र बाइबल9 कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?” Viz kapitola |