यहोशूको पुस्तक 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 इजिप्ट छोड्दा लडाइँमा जान सक्ने उमेर भएका सबै पुरुषहरूको मृत्यु नभएसम्म इस्राएलीहरू चालीस वर्षसम्म उजाडस्थानमा डुलिरहे। किनकि तिनीहरूले याहवेहको आज्ञापालन गरेका थिएनन्। किनभने तिनीहरूका पितापुर्खाहरूसँग शपथ खाएर दूध र मह बग्ने देश हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश तिनीहरूले देख्न पाउनेछैनन् भनी उहाँले तिनीहरूसँग शपथ खानुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 इस्राएलीहरूले परमप्रभुका आज्ञा नमानेका हुनाले मिश्रदेशबाट निस्केर आएका सारा मानिसहरू, अर्थात् योद्धाहरू नष्ट नभएसम्म तिनीहरू उजाड़-स्थानमा चालीस वर्ष हिँड्दैरहेथे। किनभने तिनीहरूका पिता-पुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्न दिन्नँ भनेर परमप्रभुले प्रण गर्नुभएको थियो। Viz kapitola |