यहोशूको पुस्तक 4:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि पुजारीहरू याहवेहको करारको सन्दुक बोकेर नदीबाट बाहिर निक्लेर आए। तिनीहरूका पाइलाले सुक्खा भूमिमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो ठाउँमा फर्केर आयो र पहिलेझैँ भरिएर बग्न थाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचबाट उक्लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भूइँमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो बाटोमा फर्केर आयो र अघिझैँ किनार ढाकेर बग्न थाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पूजाहारीहरू नदीको पल्लो किनारमा पुग्दा नदी फेरि बग्न थाल्यो र पानीले फेरि किनार ढाक्यो। Viz kapitolaपवित्र बाइबल18 पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोडे, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो। Viz kapitola |