यहोशूको पुस्तक 4:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहले यहोशूलाई आज्ञा दिनुभएझैँ मानिसहरूले नगरुन्जेल, सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले पनि यहोशूलाई त्यस्तै निर्देशन दिएका थिए। अनि मानिसहरूले हतार-हतार गरेर नदी पार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मोशाले यहोशूलाई अह्राएअनुसार, मानिसहरूलाई सुनाउनलाई परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञाका सबै काम पूरा नहोउञ्जेल सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमै उभिरहे, र मानिसहरू चाँड़ो-चाँड़ो गरेर पार तरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मानिसहरूलाई जे-जे गर्न लाउनु भनी परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएको थियो, ती सबै पूरा नहुञ्जेलसम्म पूजाहारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले यहोशूलाई त्यस्तै आज्ञा गरेका थिए। मानिसहरूले हतार-हतार नदी पार गरे। Viz kapitolaपवित्र बाइबल10 परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए। Viz kapitola |