यहोशूको पुस्तक 24:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 इस्राएलीहरूले इजिप्टबाट ल्याएका योसेफका हड्डीहरू शेकेमका पिता हामोरका छोराहरूबाट एक सय चाँदीका टुक्राहरूमा याकोबले किनेको जमिन शेकेममा गाडे। त्यो शेकेम योसेफका सन्तानको उत्तराधिकार भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 इस्राएलीहरूले मिश्रदेशबाट ल्याएका योसेफका अस्थि शकेमका बुबा हमोरका छोराहरूसित याकूबले एक सय चाँदीका टुक्रामा शकेममा किनेको एक टुक्रा जग्गामा गाड़े। त्यो ठाउँ योसेफका सन्तानको अधिकारमा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 मिश्रबाट ल्याएको योसेफको लाश इस्राएलीहरूले शकेममा गाडे। त्यो जमिन शकेमका बुबा हमोरका छोराहरूबाट एक सय वटा चाँदीका टुक्रामा याकूबले किनेका थिए। त्यो जमिन योसेफका सन्तानले पैतृक-सम्पत्तिको रूपमा पाएका थिए। Viz kapitolaपवित्र बाइबल32 जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो। Viz kapitola |