यहोशूको पुस्तक 23:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेह तिमीहरूका परमेश्वर आफैँले तिनीहरूलाई तिमीहरूका निम्ति धपाइदिनुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूकै सामुबाट निकालिदिनुहुनेछ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु तिमीहरूका परमेश्वर आफैले नै तिमीहरूका सामुन्नेबाट उनीहरूलाई निकालिदिनुहुनेछ, र तिमीहरूका नजरको अगि धपाइदिनुहुनेछ, र परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभएझैँ तिमीहरूले उनीहरूको देश अधिकार गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई पछि हट्न लाउनुहुनेछ र तिमीहरू अघि बढेर जाँदा तिनीहरूलाई धपाउनुहुनेछ। परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूका देश अधीन गर्नेछौ। Viz kapitolaपवित्र बाइबल5 तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ। Viz kapitola |