यहोशूको पुस्तक 10:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब तिनीहरूले ती पाँच राजाहरूलाई यहोशूकहाँ ल्याए, तब तिनले इस्राएलका सबै मानिसहरूलाई बोलाए। अनि तिनीसँग आएका सेनाका सेनापतिहरूलाई भने, “यहाँ आओ, र तिमीहरूका आ-आफ्ना खुट्टा यी राजाहरूका गर्दनमाथि राख।” यसकारण तिनीहरू नजिक आएर आ-आफ्ना खुट्टाहरू तिनीहरूका गर्दनमाथि राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनीहरूले ती राजालाई यहोशूकहाँ ल्याएपछि यहोशूले इस्राएलका सारा मानिसहरूलाई र तिनीसँग आउने लड़ाइँका सेनापतिहरूलाई बोलाएर भने, “यता आओ, र तिमीहरूका खुट्टाले यिनीहरूका गर्दनमा टेक।” अनि तिनीहरू आएर आ-आफ्ना खुट्टाले यिनीहरूका गर्दनमा टेके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अनि यहोशूकहाँ हाजिर गराइयो। तब यहोशूले इस्राएलका सबै मानिसहरूलाई आफूनिर बोलाए र आफूसित आएका अधिकृतहरूद्वारा राजाहरूका घिच्रामा खुट्टाले टेक्न लाए। तिनीहरूले त्यसै गरे। Viz kapitolaपवित्र बाइबल24 तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे। Viz kapitola |