यहोशूको पुस्तक 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 केवल भरोसा राख् र साहस गर् अनि मेरा सेवक मोशाले दिएका नियमहरू सबै पालन गर्ने निश्चय गर्। त्यसको कुनै भाग नछोड्नू र तँ जहाँ जान्छस्, त्यहाँ सफल हुनेछस्। Viz kapitolaपवित्र बाइबल7 तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्। Viz kapitola |