यहोशूको पुस्तक 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 “बलियो र साहसी बन्; किनकि तैँले नै यी मानिसहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको देशमा अधिकार गर्नलाई अगुवाइ गर्नेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 भरोसा राख् र साहस गर् किनभने यी मानिसहरूले मैले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गरेको देश अधीन गर्दा तैँले तिनीहरूका अगुवाइ गर्नेछस्। Viz kapitolaपवित्र बाइबल6 “यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु। Viz kapitola |